पत्रकार प्रदीप पौडेल सम्मानीत

केन्द्रभाग मिडिया

पोखरा ।
बाघमारा बहुउद्देश्यीय सहकारी संस्था पोखरा–१७ ले पत्रकार प्रदीप पौडेललाई सम्मान गरेको छ ।
संस्थाको १० औं साधारणसभा अवसरमा पौडेललाई संचारकर्मी सम्मान–२०७९ बाट सम्मान गरिएको हो । दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील पत्रकार पौडेललाई पत्रकारितामार्फत समाजमा योगदानको पुर्याएको भन्दै सहकारीले सम्मान गरेको हो ।

इमेज च्यानलका गण्डकी ब्युरो पत्रकार पौडेल रेडियो बाराहीका समाचार प्रमुख हुन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य उनी फोटो पत्रकार संघ कास्की अध्यक्ष तथा नेपाल प्रेस युनियन कास्की सचिव छन् ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख भरतराज पौडेलले महानगरको ग्रामीण क्षेत्र लक्षित गरी सहकारीका सिद्धान्तअनुरुप बाघमारा सहकारी संचालनमा भएको बताए ।

सहकारी अध्यक्ष तुलसीमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष डिल्लीराम बराल, सल्लाहकार नन्दलाल काफ्ले, जिल्ला सहकारी संघका सदस्य चन्द्रा पराजुली, वडा ३३ का वडा सदस्य प्रकाशबहादुर कार्की, भरतपोखरी सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, साना किसान सहकारीका अध्यक्ष रामजीप्रसाद अधिकारी, शान्तिउदय स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य लगायतले बोलेका थिए । २०७० मा स्थापना भएको सहकारीको पुँजी ४ करोड १५ लाख छ ।

सहकारी पोखराको बिरौटामा सेवा केन्द्र बिस्तार गरेको छ । सहकारीमा ११४० सदस्य छन् । सभामा सहकारीमा योगदान पु¥याउने संघसंस्था, जनप्रतिनिधि, संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु, बचतकर्ता, कारोबारकर्ता, ज्येष्ठ शेयर सदस्य, शेयर सदस्यका एसइई र प्लस टुमा उत्कृष्ट हुने छोराछोरीलाई पनि सम्मान गरिएको थियो । संस्था अध्यक्ष तुलसीमणि अधिकारी, कोषाध्यक्ष बेलबहादुर कार्की र लेखा समिति संयोजक श्रीधर गिरिको प्रतिवेदन प्रस्तुत पारि गरिएको थियो ।

  • ३ आश्विन २०७९, सोमबार १६:५४ प्रकाशित