मौसम पूर्वानुमान : यि प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना  छ ।

राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १को थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

  • ३ आश्विन २०७९, सोमबार ०७:४३ प्रकाशित