साताको अन्तिम दिन आज डलर बढयो, युरो घट्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ ।

आज डलरको एकको खरिददर १२७ रुपैयाँ २२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो डलरको एकको खरिददर १२६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा थियो ।

आज युरो एकको खरिददर १२६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४७ पैसा रहेको छ । हिजो भने एक युरोको खरिददर १२७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६३ पैसा थियो। यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४६ रुपैयाँ २१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९० पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०० पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।

  • ३१ भाद्र २०७९, शुक्रबार १०:०९ प्रकाशित