गण्डकीसहित चारवटा प्रदेशमा अति भारी वर्षा हुने, सतर्क रहन आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ ।

साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यतया बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ । लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

  • ३१ भाद्र २०७९, शुक्रबार ०६:३७ प्रकाशित