फिल्म निर्देशक सुदर्शन थापाविरुद्ध पर्‍यो प्रहरीमा उजुरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । पत्रकार सुजन श्रेष्ठले थापाविरुद्ध जाहेरी दिएका हुन् । निर्देशक थापाले आफूमाथि गाली बेइज्जती र धम्की दिएको भन्दै उनले प्रहरी वृत्त, गौशालामा उजुरी दिएको स्रोतले जनाएको छ ।

थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ले बक्स अफिसमा गरेको व्यापारको विषयमा श्रेष्ठले केही दिनअघि लेखेको समाचारलाई लिएर यी दुईबीच तनाव उत्पन्न भएको जनाइएको छ।

गत भदौ २० गते थापाले समाचारको विषयलाई लिएर श्रेष्ठलाई कानको जाली फुटाइदिने भन्दै धम्की दिएको अडियो श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए । जाहेरीपछि शुक्रबार बिहान ११ बजे दुवै पक्षलाई छलफलका लागि प्रहरीले बोलाएको छ ।

  • ३० भाद्र २०७९, बिहीबार १७:०७ प्रकाशित