लेखनाथवासीलाई क्षतीपुर्ती दिन पनि महानगरको प्रशासकीय भवन बिजयपुर आसपासमा बनाउन सिग्देलको सुझाव

केन्द्रभाग मिडिया

पोखरा ।
बुद्धिजिवी एवं लेखक विश्व सिग्देलले साविक लेखनाथ नगरपालिकालाई पनि पाएक पर्ने गरी पोखरा महानगरको प्रमुख प्रशासकीय भवन बनाउन सुझावा दिएका छन् । सिग्देलले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, पुर्ब महानगरका प्रमुखले ज्वाइलाइ लिजमा दिएको जमिनमा महानगरले प्रशासनिक भबन बनाउने सोच अघि बढाएको छ भने पछी ,मेरो ध्यान आकृष्ट भयो ।

महानगरमा सिंगो लेखनाथ मिसिए पछी हिजोको पोखराको केन्द्र , अब केन्द्र रहेन । अबको महानगरको केन्द्र भनेको बिजयपुर खोलाको आसपासनै हो भने अथवा १४ वा २६ वडानै हुन, सिग्देलले भने।

पोखरामा मिसियर पहिचान गुमाउनुको पिडा र हिनताबाट दुखी लेखनाथबासीहरुको घाउमा मलहम लगाउन र न्यायोचित क्षतिपुर्ती दिन पनि सांघुरो र अपाइक भैसकेको महानगर पालिकालाइ बिजयपुर वडा नं २६ वा त्यो संभब नभए वडा न. १४ को चाउथे आसपास राख्न जरुरी हुन्थ्यो । जमिनको हकमा पनि त्यहां प्रसस्त उपलब्ध हुन्छ, सिग्देलले लेखेका छन् ।

अबको महानगर स्थानिय सरकारको सचिबालय भएकोले मेट्रोपोलिटनस्तरका न्यायालय,प्रहरी, सिक्षा ,स्वास्थ्य खानेपानी बिद्युत कर आदि याबत सरकारी अबयबहरु रहने हुंदा कर्मचारी र सेवाग्राही समेत दैनिक हजारौंको सक्रिय गतिबिधि हुने स्थल बन्ने हुन्छ ।यि सबै भौतिक आबस्यकतालाइ संबोधन गर्ने हो भने अहिले सोचिएको वडा न ७ /१७ को ४० रोपनि जग्गा त कर्मचारी र सेवाग्राहीहरुको निमित्त पार्किङलाइ समेत पुग्दैन । अनि फेरी ठाउं सांघुरो भयो भन्दै रुंदै हिड्ने उनले प्रश्न गरेका छन् ।

महानगरको अघिल्लो समितीले वडा न १२ को करीब १२५ रोपनी खाली हुनसक्ने जमिनमा राख्ने निर्णय गरेको थियो । १७ नं का वडा अध्यक्षको नेतृत्वमा पुर्बाधार निर्माणको समिती पनि बनेको उनले स्मरण गराएका छन्। महानगरको आफ्नै निकाय पसु स्वाथ्यको तथा खानी बिभागको उपयोग बिहिन जस्तै भएको जमिन गज्जब थियो । एउटा सरकारी निकाएले निर्णय गरेर अर्को सरकारी निकाएलाइ दिनु कुनै महाभारत थिएन सिग्देलले भने ।

त्यो चालिस रोपनिमा थिएटर पुस्तकालय संग्रहालय ,आर्ट ग्यालरी लगाएत आधुनिक सहरका निमित्त नभै नहुने संरचनाहरु निर्माण गर्न , दैबि बिपत परे नागरिक उद्वार अन्य बेला सहरको केन्द्रमा खुला ठांउ पनि त चाहिने होला नी ? कुन ठाउंमा कुन बस्तु राख्दा कोठा सुन्दर हुन्छ हेक्का राख्नु पर्छ भने पोखरामा कुन संरचना कहां राख्दा पोखरा सहज सरल सुन्दर हुन्छ हेक्का राख्नु पर्ने सिग्देलले बताए । तसर्थ त्यो जमिन महत्वपुर्ण धरोहरहरु निमार्णको निमित्त सांचेर सुरक्षित राख्नु पर्ने उनको तर्क छ।

पोखरा भनेको बिरौटा देखी बगर मात्र हो, अन्य भेगहरु त्यही बिशेष पोखरालाइ सेवा पुर्याउने उपग्रह हुन भन्ने मनोबिज्ञानबाट महानगर मुक्त भै उदारचित्तले सबै महानगर बासीलाइ संभब भए सम्म न्याय दिनु पर्छ भन्ने भावनाले काम गर्ने तिर भर्खर आएको नेतृत्वलाई चिन्तन गर्न सिग्देलले आग्ह गरेका छन् ।

सिग्देलले भनेका छन्, जनतालाइ सेवा दिने कार्यालय त्यतै राख्नु पर्छ ,अन्य ठाउंमा एयरपोर्ट ,लैण्डफिल साइट, औद्योगिक क्षेत्र आदि प्रदुषण फैलाउने निकाए मात्र राख्ने चाहना हो भने बरु हाल भएकै ठाउं ३०/ ५० कति मञ्जिलाको भबन चाहिने हो त्यहीं बनाएर भूमीगत पार्कीङ देखी याबत संरचना ब्यबस्थित गरे भयोनि त । हैन भने यो नयां महानगरको चित्त पनि सांघुरै भयको हो ,जुन जोगी आए पनि कानै चिरेका भन्न बाध्य नपारियोस, सिग्देलले फेसबुकमा लेखेका छन् ।

  • ३० भाद्र २०७९, बिहीबार १७:३१ प्रकाशित