साढे तीन हजार विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि छनोट

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ३ हजार ४७५ विद्यालय छनोट भएका छन् । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयको विवरण सार्वजनिक गरेको हो।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए ।

‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९र८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो ।

  • ३० भाद्र २०७९, बिहीबार १६:२५ प्रकाशित