काठमाडौं ।
महाभियोग सिफारिस समितिले पत्रै काटेर बयानका लागि पूर्व प्रधानन्यायाधीशहरु बयानका लागि नजाने भएका छन् ।
महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बयानका क्रममा पूर्व पूर्व प्रधानन्यायाधीशहरूलाई पनि मुछेपछि समितिले उनीहरुलाई बयानको लागि बोलाएको हो । महाभियोग सिफारिस समितिले बुधबार पत्र काटेर पूर्व प्रधानन्यायाधीशहरूलाई बिहीबार समितिमा बयानका लागि बोलाएको थियो ।
यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार नै महाभियोग सिफारिस समितिमा बयानका लागि नजाने निर्णय गरेका थिए । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्त विपरित संसदीय समितिले बयानका लागि बोलाएपछि फुलकोर्टले समितिमा नजाने निर्णय गरेको थियो ।
त्यसलगत्तै पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका हुन् ।












