भारतीय मगन्तेको विषय हाम्रो सरोकारको विषय होइन : सामाजिक विकास मन्त्रालय (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
भारतीय माग्नेहरुको विषय मन्त्रालयको सरोकारको विषय नरहेको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकास मन्त्रालयले प्रतिक्रिया दिएको छ । केन्द्रखबरले प्रदेश सरकारले सडक सहयोगापेक्षी मानव मुक्त गण्डकी प्रदेश घोषणा गरेको तर भारतीय मगन्तेहरुले बालबालिकाको प्रयोग गर्दै सडक पेटीमा माग्ने गरेको तर्फ जिज्ञासा राख्दा मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो ।

मन्त्रालयका प्रवक्ता तोयनाथ लम्सालले भारतीय को कहाँ माग्न बस्छ भन्ने विषय मन्त्रालयको सरोकारको विषय नरहेको बताए । ‘हामीले सडक सहयोगापेक्षी मानव मुक्त घोषणा गरेका हौं । प्रदेशका बासिन्दा कोही सडकमा माग्ने नहुन् भनेर यो कार्यक्रम घोषणा गरिएको हो । तर, को भारतीय नागरिक सडकमा माग्न बस्छ भन्ने हाम्रो सरोकारको विषय हो जस्तो लाग्दैन’ उनले भने ।

भारतीय मगन्तेका हर्कतले सडक सहयोगापेक्षी मुक्त घोषणालाई चुनौती (भिडियो रिपोर्टसहित) 

प्रवक्ता लम्सालले प्रदेशको कोही वासिन्दा सडकमा माग्न बसेको पाइए बरु मन्त्रालयको हटलाइन सेवा, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रशासनिक इकाइहरुमा सम्पर्क गर्न आग्रह गरे । प्रदेशवासी सडकमा भेटिए मानव सेवा आश्रममा लगेर व्यवस्थापन गर्ने तर भारतीयको विषयमा भने मन्त्रालयले केही गर्न नसक्ने उनको प्रष्टोक्ति छ ।

  • ३० भाद्र २०७९, बिहीबार ११:२५ प्रकाशित