पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको एकको खरिददर १२६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १२७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६३ पैसा रहेको छ । युरो आज घटेको हो । हिजो एक युरोको खरिददर १२८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२९ रुपैयाँ २० पैसा रहेको थियो । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४७ रुपैयाँ २३ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८९ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५१ पैसा र बिक्री दर ३४ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा रहेको छ ।