नबौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राखेपले टुन्गो लगायो खेल स्थल

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नबौँ राष्ट्रिय प्रतियोगिता हुने स्थान सार्वजनिक गरेको छ । नबौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार उपसमितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि खेल स्थान वारे जानकारी दिएको हो ।

उपसमितिका संयोजक दिपेन्द्र विष्टले प्रतियोगिता उद्याटन हुन ३० दिन मात्र बाँकी रहदा खेल स्थलहरुको निर्धारण टुन्गो लागेको हो । पुरुष क्रिकेट र सुटिङ वाहेकका बाँकी ३४ खेल गण्डकी प्रदेशमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रदेशको राजधानी पोखरा रंगशालामा धेरै खेल हुने छन् । भने कास्की बाहिरका जिल्ला ८ वटा खेल हुने खेल स्थान छनोट उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए । सबै जिल्लामा खेल खेल खेलाईने भनिए पनि तनहुँ, लमजुङ र मनाङ र मुस्ताङमा कुनै पनि प्रतियोगिता स्थाल तोकिएको छैन ।

कार्यक्रममा नबौँ खेलकुद प्रतियोगिताको आधिकारिक वेवसाइट पनि लन्च गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले लन्च गरे ।

यस्तै प्रतियोगितालाई नै केन्द्रीत गरेर एप पनि सार्वजनिक गरिएको छ ।

अहिले तोकिएका खेल स्थानको मर्मत कार्य तिब्र गतिमा भइरहेको सो अवसरमा जानकारी दिइयो ।  कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नयाँ खेलकुद अन्र्तगत पहिलो पटक प्रतियोगिता गर्दा केही कन्फ्युजन भएको बताए ।

पहिला खेलाडी छनोट देखी लगानी सबै केन्द्रबाटै हुने गरेकोमा अहिले प्रदेश र संघको संयोजन रहेको गहतराजले बताए ।

  • २९ भाद्र २०७९, बुधबार १९:३६ प्रकाशित