पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलरको एकको खरिददर १२६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९४ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १२८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२९ रुपैयाँ २० पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४८ रुपैयाँ २० पैसा र बिक्रीदर १४८ रुपैयाँ ९० पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०३ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ ।