जापानका लागि उडेको वाइडबडी आधा घण्टामै काठमाडौं फर्कियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आधा घण्टामै काठमाडौं फर्किएको छ ।

जहाजबाट धुवाँ आएपछि जहाज आधा घण्टामै फर्किएको विमानस्थल कार्यालयले जनाउको छ । कार्गो समान राख्ने ठाउँबाट धुवा आएको थियो । जहाजमा १ सय ८४ यात्रु नारिताका लागि यात्रा गरिरहेका थिए ।

गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्किएको हो । प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ ।

  • २९ भाद्र २०७९, बुधबार ०८:३९ प्रकाशित