नाष्टको चासो काममा भन्दा कुरामा धेरै हुन थाल्यो : मन्त्री पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ९नाष्ट० ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गरेका छन्।

मंगलवार गैर आवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्तिरत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भएपनि अनुसन्धानका बारेमा नाष्टमा रहेका व्यक्तिहरुलाई नै चासो नरहेको बताए। उनले नाष्टमा रहेका व्यक्तिहरु अनुसन्धानमा भन्दा बाहिरी कुरामा चासो देखाउने गरेको बताए।

उनले नेपालमा अनुसन्धानका कार्यक्रम अघि बढाउन सके नयाँ प्रतिभा भएका युवा पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। मन्त्री पौडेलले प्रकृतिलाई जोगाएर पर्यटन क्षेत्रको प्रचार गर्नसके मात्रै पनि नेपालको विकास हुने बताए।

  • २८ भाद्र २०७९, मंगलवार १८:४५ प्रकाशित