हल नवीकरण गर्न र कर बुझाउन चलचित्र विकास बोर्डको अल्टिमेटम

केन्द्रभाग मिडिया

काठमाडौं ।

चलचित्र विकास बोर्डले नवीकरण नभएका फिल्म हललाई नवीकरण गर्न र फिल्म प्रदर्शनबापतको कर बुझाउन अल्टिमेटम दिएको छ । बोर्डले १५ दिनको अल्टिमेटम दिएको हो ।सोमबार बसेको चलचित्र विकास बोर्ड बैठकले दिइएको मितिभित्र हल नवीकरण नभए र कर दाखिला नगरे फिल्म प्रदर्शनको अनुमति नदिइने निर्णय गरेको छ ।

अटेर गर्ने हललाई कारबाही हुने बोर्डले जनाएको छ। विद्युतीय प्रणाली प्रयोग गरी टिकट जारी गरिरहेका सिनेमा हलले बोर्डले तयार पारेको बक्स अफिस प्रणालीमा अन्तरआबद्ध भई आन्तरिक राजश्व विभाग र बोर्डलाई तत्कालै रियलटाइम डेटा उपलब्ध गराउनुपर्ने निर्देशन पनि बोर्डले दिएको छ ।

आर्थिक ऐन २०७८ को अनुसूची(४ को प्रकरण ६ मा चलचित्रघरले विदेशी चलचित्र प्रदर्शन गर्दा असुल उपर गरेको चलचित्र शुल्क बापतको रकम प्रत्येक महिनाको शुल्क अर्को महिनाको २५ गतेभित्र बुझाउनुपर्ने र नबुझाए शुल्कको २५ प्रतिशत जरिवाना लाग्ने पनि बोर्डले जनाएको छ ।

  • २८ भाद्र २०७९, मंगलवार १७:०० प्रकाशित