घट्यो डलरको भाउ , आज युरो र पाउण्ड कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलरको भाउ घटेको छ ।

आज डलर एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १२७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा थियो।

आज युरो एकको खरिददर १२८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२९ रुपैयाँ ३८ पैसा रहेको छ । युरो भने आज बढेको हो । हिजो एक युरोको खरिददर १२७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १२८ रुपैया १६ पैसा थियो ।

यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४८ रुपैयाँ २८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १४७ रुपैयाँ २३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९२ पैसा थियो।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १९ पैसा र बिक्रीदर २८ रुपैयाँ ३२ पैसा रहेको छ ।

  • २८ भाद्र २०७९, मंगलवार १०:१३ प्रकाशित