काठमाडौं।
नेपाली कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय समिति विघटन गरेको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालय क्याम्पस किर्तिपुरका सम्पुर्ण कमिटीहरु विघटन गरेको जानकारी दिएका हुन् ।
उनले नेविसंघ त्रिवि समितिको चाडै नै अधिवेशन गर्ने प्रतिवद्धता जाहेर गर्दै अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।
जारी विज्ञप्तीमा शेर्पाले लेखेका छन्,“अब उप्रान्त केन्द्रीय समितिको परिपत्र, समन्वय तथा निर्देशन बिना त्रिवि समितिको रित्तताको समयमा कुनै पनि संगठनिक गतिविधि तथा नियम विपरितका क्रियाकलापहरु नगर्न÷नगराउनु हुन सम्बन्धित सबैमा यसै विज्ञप्तीमार्फत अनुरोध गर्दछु ।”