काठमाडौं।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आजपनि सुनुवाई भएन ।
उक्त मुद्दाको सुनुवाई आज हुने भनिएको थियो । तर, अदालतले उक्त मुद्दा हेर्न नभ्याईनेमा राखेको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाई हुने भनिएको मुद्दा आज हेर्न नभ्याईनेमा राखिएको छ ।
केसीको नियुक्तीमा उनको शैक्षिक योग्यताको विषय उठाईएको छ ।