असोज १ गते सांसदलाई विदाई ‘भोज’

केन्द्रभाग मिडिया

काठमाडौं ।

असोज १ गते प्रतिनिधि सभाका सांसदलाई विदाई भोज दिने भएको छ ।

२०७४ सालको प्रतिनिधि सभामा निर्वाचित सांसदको ५ वर्षे कार्यकाल असोज २ गते सकिँदैछ ।

असोज २ गते आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्द सूची पेश भएसँगै २०७४ सालमा निर्वाचित सांसदको कार्यकाल सकिन लागेको हो ।

असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदलाई बिदाइ गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा नै ‘भोज’ खुवाएर बिदाइ गर्न लागिएको सचिवालय उच्च स्रोतले जनाएको छ ।प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै त्यसै दिन अन्तिम बैठक राखेर सांसदलाई बिदाइ गर्न लागिएको हो ।

  • २७ भाद्र २०७९, सोमबार ०९:२९ प्रकाशित