महिला साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र श्रीलंका भिड्ने

केन्द्रभाग मिडिया

पोखरा ।
महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल बेलुका साँझ ५ : ३० बजे दशरथ रंगशालामा हुनेछ ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । समूह ‘बी’ को नेपालले १ खेलमा ३ अङ्क जोडेको छ । नेपाल आज श्रीलङ्कालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ । श्रीलङ्कालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । श्रीलङ्का भने पहिलो जितको खोजीमा हुनेछ । समूह ‘ए’ बाट भारत र बङ्गलादेशले अन्तिम चारमा स्थान बनाइसकेका छन् । माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

  • २७ भाद्र २०७९, सोमबार ०७:३३ प्रकाशित