दाङ-२ मा माओवादीका महरा र एमालेका पोखरेलबीच कडा प्रतिष्पर्धा हुने

केन्द्रभाग मिडिया

दाङ ।

दाङ क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शंकर पोखरेलबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

क्षेत्र नं २ मा महराको नाम सर्वसम्‍मत उम्‍मेदवारको रुपमा सिफारिस भएपछि महरा र पोखरेलबीच प्रतिष्पर्धा हुने आंकलन भएको हो ।

नेकपा माओवादी केन्द्र क्षेत्र नं। २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ बाट सर्वसम्‍मत सिफारिस गरिएको केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए ।

माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर विजयी भएका थिए ।

सोही क्षेत्र नं। २ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम पनि एकल सिफारिस भएको छ ।

 

  • २६ भाद्र २०७९, आईतवार १६:४८ प्रकाशित