उकालो लाग्यो युरो : साताको पहिलो दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार युरोको भाउ उकालो लागेको छ ।

आज युरो एकको खरिददर १२८ रुपैयाँ १२ पैसा र बिक्रीदर १२८ रुपैया ७२ पैसा रहेको छ । अस्ति शुक्रबार एक युरोको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा थियो भने त्यसको अघिल्लो दिन बिहीबार एक युरोको १२६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९५ पैसा थियो ।

यस्तै आज डलर एकको खरिददर १२७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा रहेको छ ।यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ० रुपैयाँ ०१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०१ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।

  • २६ भाद्र २०७९, आईतवार १०:०० प्रकाशित