पोउवाको चुनाव : मतगणना केहीबेरमा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको चुनावमा आजदेखि मतगणना हुने भएको छ । मत गणना अहिले केहीबेरमा सुरु हुदैंछ । हिजो भएको मतदानमा करिव ३१ सय मतदाता मध्ये करिव २६ सय जनाले मतदान गरेका थिए।

विगतमा झै यस पटक पनि दुई प्यानल चुनावी प्रतिष्पर्धामा छन्। नेतृत्वको लागि अर्जुन पोखरेल र पवन प्रजापतिको प्यानल बनाएर चुनावी मैदानमा छन् । दुवैले आफ्नो प्यानलले चुनाव जित्ने दावी समेत गरेका छन ।

पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशवबहादुर खत्री, उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिराज), कोषाध्यक्षमा हरिराज पन्तले पोखरेल प्यानलबाट उम्मेदबार छन ।

त्यसैगरी सदस्यमा भरत केसी, धर्मेन्द्र बटाजु, माधव बस्ताकोटी, उदय केसी, दिलीप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्णप्रसाद कोइराला र हिमनिधि लौडारी छन् ।

भने पवन प्रजापतिको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्षमा हिरामणि पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्यले उम्मेदर रहेका छन ।

यस्तै, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला छन् ।त्यस्तै सदस्यमा यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुवँर , सुदिप ओझा, सुदिप प्रधानाङ्ग,प्रभा सुवेदी,बालकृष्ण कोइराला, बिनोद के.सी,भीम गौतम र मनोज कुमार श्रेष्ठ रहेका छन् । ।

  • २६ भाद्र २०७९, आईतवार ०८:४४ प्रकाशित