नवीन माविको व्यवस्थापन समिति अध्यक्षमा सिरोज विजय कोइराला

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको गैह्रापाटन ४मा रहेको नवीन माध्यमिक विद्यालयको अध्यक्षमा युवा व्यवसायी एवं सामाजिक अभियान्ता सिरोज विजय कोइराला चयन भएका छन् । शुक्रबार विद्यालयमा भएको भेलाले अध्यक्षमा कोइरालालाई चयन गरेको हो ।

व्यवस्थापन समितिको सदस्यमा अशोकराज पराजुली, नर्वदा पराजुली, सरिता कोइरला, कविन्द्र कोइराला  र बशन्त पराजुली चयन भएका छन् । २०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा झण्डै ७ सय विद्याथी अध्ययनरत छन् । कक्षा १२ सम्म अध्यापन हुने उक्त विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा विषय अध्यापन हुन्छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले उक्त विद्यालयको कक्षा ११ र १२ मा आगामी शैक्षिकसत्र देखि विज्ञान विषयमा समेत अध्यापन गराउनेगरी सुधारको काम गर्ने जानकारी दिए । उनले विद्यालयको सुधारका लागि शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकसहित सवै पक्षको उत्तिकै साथ चाहिने बताएका छन् ।

 

  • २५ भाद्र २०७९, शनिबार १५:०२ प्रकाशित