आज युरोको भाउ बढ्यो : यस्तो छ अन्य विदेशी मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलर एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा रहेको छ ।

आज युरोको भाउ बढेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९४ पैसा छ । हिजो एक युरोको १२६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९५ पैसा थियो । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ ।

आज एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८६ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ५८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०१ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६१ पैसा र बिक्री दर ३४ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २७ पैसा र बिक्रीदर २८ रुपैयाँ ४० पैसा रहेको छ ।

  • २४ भाद्र २०७९, शुक्रबार १०:२७ प्रकाशित