शेखरले भने,‘कांग्रेसले १०० सिट नपाए विद्रोह हुन्छ’

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाए विद्रोह हुने बताएका छन् ।

बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् ।

‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुपर्‍यो । नत्र बहुमत कहाँबाट बन्छ रु उहाँ ९अन्य दल० हरु १०० सिट दिने पक्षमा हुनुहुन्न ।‘१६५ सिटमा हामी उठ्यौं भने आकांक्षी नपुग्ने अवस्था छ’ उनले भने ।

तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताएका हुन् ।

  • २३ भाद्र २०७९, बिहीबार १४:०९ प्रकाशित