प्रहरीलाई तीन हजार घुस दिन खोज्ने व्यक्ति पक्राउ

केन्द्रभाग मिडिया

भक्तपुर ।
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका– १ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा।८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक रोशनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनले प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • २३ भाद्र २०७९, बिहीबार १३:४५ प्रकाशित