नक्सा पास नगरेका भवनलाई ३ महिनाभित्र पास गर्न कामपाको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

अनधिकृत संरचना हटाउन एक्सन लिएको काठमाडौं महानगरपालिकाले नक्सा पास नभएका भवनहरुलाई ३ महिनाभित्र पास गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले आज बिहिबार एक सार्वजनिक सूचना जारी गर्दै मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ९० दिन अर्थात ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको हो ।

महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र मा नक्सा पेस गरी नक्सा स्वीकृत गर्न आग्रह गरेको छ ।

  • २३ भाद्र २०७९, बिहीबार ०९:४९ प्रकाशित