पोखरा ।
पोखरा महानगरपालिकाले महेन्द्र पुलमा रहेका आफ्ना संरचनामा डोजर चालाएको छ । महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले डोजर चलाएको हो ।
ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको थिया । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी छ ।
अब उक्त स्थललाई पार्क र पार्किङ स्थलको रुपमा उपयोग गर्ने महानगरका मेयर धनराज आचार्यले जानकारी दिएका छन् । २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी भत्काइएपछि अब आर्ट ग्यालरी र पुस्तकालयलाई अन्यत्र व्यवस्थापन गर्ने मेयर आचार्यले बताएका छन् ।