काठमाडौं ।
सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रतिवेदन तयार पारेको छ । बालुवाटारमा हिजो बसेको बैठकले प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदन टुंगिएको र बिहिबार फेरि बसेर शीष नेतृत्वलाई बुझाउने कार्यदलमा रहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
आज बिहान ९ बजे बस्ने बैठकले अन्तिम रूप दिने छ ।
१६५ सिटमध्ये ९० को टुंगो, १० स्थानमा दोहोरो र १५ स्थानमा तेहेरो दाबी, अन्य क्षेत्र कुन कसले लिने भन्ने टुंगिन बाँकी रहेको बताइएको छ ।