पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा महासचिव पदका आकांक्षी तारानाथ ढुंगानाले नेतृत्वका लागि समूहगत उम्मेदवारीले संस्थालाई कमजोर बनाउने बताएका छन् ।
मतदातासँगको भेटघाटका क्रममा उनले समूहगत रुपमा निर्वाचनमा जाँदा अनावश्यक राजनिति भित्रने पनि बताएका हुन् । संस्थाभित्र ब्यबसायीको पक्षमा नभई आस्थाका आधारमा हुने राजनितिले प्रसय पाएको भन्दै उनले पोखरा उद्योग वाणिज्य संघ राजनितिको शिकार बन्न पुगेको दावी गरे ।
आफु महासचिवको उम्मेदवारका रुपमा स्वतन्त्र रुपले कुनै प्यानलमा नरहेपनि साझा उम्मेदवारका रुपमा मतदातासँगको भेटघाट बढाएको उनको भनाई छ । ‘प्यानल , गुट , उपगुट , समूदाय वा संगठन होईन सम्पूर्ण ब्यबसायीको अपनत्व हुने गरी नेतृत्व चयन गरीनुपर्छ । सबैले संघ र ब्यबसायीको हितमा काम नै गर्ने उदेश्य बोकेको छ भने किन प्यानल बनाउनुपर्यो रु तसर्थ एक्लै भएपनि आम मतदाताको साथ र समर्थनमा उम्मेदवार हुँदैछु ।’ जिरोकिलोमिटरमा रहेका ब्यबसायीसँग मत माग्दै उनले भने ।
दुई वर्षे कार्यकालमा १० हजार सदस्य पुर्याउने लक्ष्य, अल्पकालिन , मध्यकालिन र दिर्घकालिन योजनाका साथ अगाडी बढ्ने साथै आम उद्योगी ब्यबसायीको समस्या निराकरणका लागि महासचिवको जिम्मेवारीमा पु¥याउन मतदातासमक्ष अपिल गर्दै भेटघाटलाई तिव्र बनाएको ढुंगानाले जानकारी दिए ।
बस्तुगत हिसाबले कारोबार गर्ने पोखराका ६० —६५ ओटा संघहरुको साझा समस्या सुन्ने , समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्नेसहित सबै संस्था र ब्यबसायीले अपनत्व महशुस गर्ने गरी संघलाई अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता पनि ढुंगानाले औल्याएका छन् । संघको नेतृत्व छान्नका लागि रहेका ३ हजार १ सय ४३ मतदाता मात्रै नभएर सबै ब्यबसायीको हक हितका पक्षमा लाग्ने प्रतिवद्धता पनि उनको रहेको छ ।
संघको आगामी २४ र २५ गते ३४ औ महाधिवेसन हुदैछ । निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने संघको महासचिवमा उम्मेदवारी प्रस्तुत गरेका ढुंगाना हाल मदिरा व्यवसनयी महासंघका केन्द्रिय महासचिवका रुपमा काम गरीरहेका छन् । त्यस्तै अधिकृत विक्रेता संघका सल्लाहकार सहित दामु अधिकारीको नेतृत्वमा कार्यकारी सदस्यका रुपमा संघमा काम गरीसकेका छन् ।