महानगर स्तरीय हाजिरी जवाफ : त्रिभुवन शान्ती मा.वि प्रथम

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाको आयोजनामा महानगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ५६ औं शिक्षा दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ वटा विद्यालय सहभागी रहेको जनाइएको छ ।

प्रतियोगितामा त्रिभुवन शान्ती मा वि की छात्रा मन्जिता खड्का प्रथम ,मदरल्याण्ड मा वि की दीक्षा भट्टराई द्वितीय , भानुभक्त आवासीय मा वि का छात्र निरज कार्की तृतिय, हेम्जा बोर्डिङ्ग स्कुलका छात्रा सोनिका पोखरेल सान्त्वना भएका छन ।

जनप्रिय मा. वि मा सञ्चालन भएको कार्यक्रम गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाको विशेष उपस्थिती एव जनप्रिय मा. वि का प्रध्यानाध्यापक देवि प्रसाद बस्ताकोटिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा निर्णायकको भुमिका पोखरा महानगरपालिकाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मि, डिल्लिराम अर्याल र शिक्षिका सृजना पौडेलले बहन गरेका थिए भने कार्यक्रम सञ्चालन बिन्ध्यवासिनी मा वि का सहायक प्र. अ भेषराज पौडेलले गरेका थिए ।

कार्यक्रममा बिजयी हुने विद्यार्थीलाई भदौ २३ गते शिक्षा दिवसको अवसरमा पोखरा महानगरपालिकाले पोखरा सभागृहमा आयोजनाको गरेको शिक्षा दिवस विशेष कार्यक्रममा पुरस्कृत गरिने पोखरा महानगरपालिकाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मिले जानकारी दिए ।

  • २२ भाद्र २०७९, बुधबार १७:०२ प्रकाशित