काठमाडौं ।
बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद सजाय सुनाइएका अभिनेता पल ९पूर्णविक्रम० शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् ।
नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोगको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकन निवेदन दिने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले जनाएका छन् ।
यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको छ ।