यस्तो छ डलर, युरो र पाउण्डको आजको भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १२७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०४ पैसा रहेको छ ।

आज एक युरोको खरिददर १२६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२७ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३४ पैसा रहेको छ ।

आज एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ७२ पैसा र बिक्रीदर ९१ रुपैयाँ १५ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ०३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा रहेको छ ।

  • २२ भाद्र २०७९, बुधबार १०:०५ प्रकाशित