राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने विरुद्ध नाबालिका बलत्कारको उजुरी !

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।

लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले पुष्टि गरेको छ।

‘सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको सत्य हो,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयल प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले पुष्टि गरे ।

काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको बताए।

उनका अनुसार लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ ।

  • २२ भाद्र २०७९, बुधबार ०७:०९ प्रकाशित