शान्ति प्रकृया नटुंगिए देशमा द्धन्द निम्तिन सक्छ : मन्त्री बराल

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले शान्ति प्रकृया नटुंगिए देशमा द्धन्द निम्तिन सक्ने बताएका छन् ।

निजामती सेवा दिवसको अवसरमा नेपाला राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति कास्कीले मंगलबार पोखराको शहिद स्मृति आवासिय माविमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गर्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।

शान्ति प्रकृया नटुङगिदासम्म भोलि के हुने हो आंकलन गर्न नसकिने अबस्था भएको उनको भनाई थियो । राजनीतिक सहमतिबाटै शान्ति प्रकृयालाई टुंगोमा पुर्याउनु अब ढिलो गर्न नहुने पर्ने मन्त्री बरालले बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपक्ता आयोगको भूमिका निर्वाह नभएसम्म मुलुकमा शान्ति प्रकृयाको टुंगो नलाग्ने उनको भनाई थियो । शान्ति प्रकृयालाई नटुंगाई भाड्दिने एउटा शक्तिले प्रयत्न गरेकाले प्राप्त राजनीतिक अधिकारलाई खारेजीको दिशा तर्फ लैजान एउटा प्रबृत्ति अझै पनि सलवलाई राखेको मन्त्री बरालले दाबी गरे।

बिद्यार्थीहरुलाई लक्षित गर्दै मन्त्री बरालले अभिभावकहरुले मुलुकमा परिवर्तनको लागि जसरी रगत बगाए तर आज उनीहरु चम्किलो ताराको रुपमा अम्मर भएको दाबी गरे ।

अभिभावकहरुको न्यानो माया गुमाए पनि यो मुलुकको परिवर्तनको निम्ति विभिन्न प्रकारका विभेदको अन्त्य गर्न जनयुद्ध र जनआन्दोलनका शहिदहरुले चालेको कदमलाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने बताए । पछिल्लो समयमा राज्यबाट उक्त बिद्यालयमा राम्रो बजेट परेकोले उक्त बजेटको समयमै कार्यान्वयन गर्न उनले सुझाव दिए ।

  • २१ भाद्र २०७९, मंगलवार १६:३३ प्रकाशित