गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

केन्द्रभाग मिडिया

तम्घास ।
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोकका ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले बताए ।

आज बिहान रानालाई आफनै घरको छतमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि २ तला माथिबाट खसेर घाइते भएका उनकोे उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • २१ भाद्र २०७९, मंगलवार १२:०९ प्रकाशित