काँग्रेसबाट गुल्मी १ मा भण्डारी र २ मा भुसाल सिफारिस

केन्द्रभाग मिडिया

गुल्मी ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस गुल्मीले उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ इच्छुक नेताहरुको नाम सिफारिस गरेको हो ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा जिल्लामा काँग्रेसको तर्फबाट आकांक्षी धेरै देखिएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नं–१ मा प्रत्यक्षतर्फ ४ जना र समानुपातिकतर्फ ३ जना इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । जसमा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य डा। चन्द्र भण्डारी ,क्षेत्रीय सभापति पारिश्वर ढकाल, केन्द्रीय नीति अनुसन्धान प्रशक्षिण प्रतिष्ठानका पूर्व सदस्य योगराज कण्डेल शर्मा र पूर्व महासमिति सदस्य भरतबहादुर बस्नेतको नाम प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

समानुपातिक तर्फ पूर्व सांसद एवं महाधिवेशन प्रतिनिधि झक बहादुर पुन, महासमिति सदस्य भगवती काफ्ले भण्डारी र सांसद एवम् महासमिति सदस्य सुवर्ण ज्वारचनलाई सिफारिस भएको हो ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं।२ मा प्रत्यक्ष र समानुपातिकतर्फ ३– ३ जनाको नाम सिफारिस भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीको नाम सिफारिस गरिएको हो ।

त्यस्तै, महासमिति सदस्य डा। दामोदर भुसाल र पूर्व जिल्ला सभापति एवम् महाधिवेशन प्रतिनिधि त्रैलोक्यप्रताप सेनको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य कल्पना घिमिरे, नेपाल सांस्कृतिक संघ केन्द्रीय सदस्य गायत्री थापा, प्राध्यापक कृष्णबहादुर कुँवरको नाम सिफारिस गरिएको हो

  • २१ भाद्र २०७९, मंगलवार ११:२५ प्रकाशित