राष्ट्रपति भण्डारीद्वारा भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान

केन्द्रभाग मिडिया

काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् ।

सोमबार अपराह्न राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गरेकी हुन् । साथै, राष्ट्रपति भण्डारीले पाण्डेलाई खड्ग तथा प्रमाण–पत्र प्रदान समेत प्रदान गरेकी गरिन् ।

प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सो सम्मान प्रदान गरिएको हो । उक्त कार्यक्रममा मुख्य सचिव शंकरदार बैरागी, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायतको उपस्थिति रहेको थियो ।

दशकौंदेखि नेपाल–भारतबीच नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाध्यलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ ।

  • २० भाद्र २०७९, सोमबार १९:०६ प्रकाशित