व्यवसायीलाई जग्गा लिजमा दिने निर्णय गरेका छौँ : पर्यटनमन्त्री शर्मा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले पर्यटन व्यवसायीलाई लिजमा जग्गा दिने बताएका छन् । पोखरा सिटी रेवानले आयोजना गरेको नेपालमा अन्तर प्रदेश पर्यट प्रवद्र्धन सम्भावना र अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।

गण्डकी सरकार व्यवसायीले जग्गा किनेर व्यवसाय गर्न नसक्ने अवस्था रहेको वारे जानकार रहेको भन्दै त्यसका लागि संघीय सरकारलाई लेखी पठाउने तयारीमा रहेको शर्माले बताए ।

जग्गा लिजमा दिने हो भने धेरै व्यवसायीले काम गर्नसक्नुहुन्छ भन्ने हामीलाई थाहा छ, हामी त्यो नीति ठिक हो भन्ने ठान्दछौँ । तर, अहिले संघीय सरकारको नीति धेरै ठुलो बाघक छ, त्यो बाधन नीति फुकाउनु पर्छ भनेर हामीले यहाँको क्याबिनेटमा पास गरेर मुख्यमन्त्री प्रधानमन्त्रीकोमा लिएर जादैँ हुनुन्छ, शर्माले भने ।

१५ लाख सम्मको ऋणको व्याज प्रदेश सरकारले दिने गरी बजेट बिनियोजन गरे पनि व्यवासयीले चासो नदेखाएको उनले बताए । एक अर्ब व्याज तिर्दीने भने पनी २४ करोड मात्र व्याज खर्च भएको शर्माले जानकारी दिए । ऋणको रकम कम भयो भन्ने हो भने बसौँ छलफल गरौँ, बढाउन पर्छ भने बढाउ, के समन्वय गर्नुपर्ने हो तपाईहरु पैशा लैजानोस्, यो आर्थिक वर्षमा पनि हामीले बजेट छुट्याएका छौ, उनले भने ।

सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाका अध्यक्षतामा भएको कार्यक्रममा सातै प्रदेशका होल व्यवसायी महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

  • २० भाद्र २०७९, सोमबार १८:५० प्रकाशित