शेयर बजारको ओरालो यात्रा

केन्द्रभाग मिडिया

शेयर बजार आज सोमवार सामान्य घटेको छ । हिजो आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २९ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव शून्य एक विन्दुमा झरेको छ ।

आज उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । नेप्से घटेसँगै लगानीकर्ता निराश बन्दा कारोबार रकममा निकै कमी आएको छ । कुनै बेला एक दिनमै झन्डै २१ अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले एक अर्ब रुपैयाँ पनि पुग्न मुस्किल देखिएको छ ।

आज दुई सय २४ वटा कम्पनीको २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको नौ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

  • २० भाद्र २०७९, सोमबार १७:४८ प्रकाशित