नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहोराको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट लड्ने तयारीमा हुनुहुन्छ । यदि एमालेबाट बोहोराले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा हुनेछ ।
एमालेमा उम्मेदवार सिफारिस हुनुभएका प्रदेशसभा सदस्य बोहोरा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज हुनुहुन्छ । प्रदशेसभा ९क०तर्फ चक्रप्रसाद स्नेही र ९ख०तर्फ गजेन्द्रबहादुर शाहीको नाम सिफारिस भएको छ ।













