बागमतीका मुख्यमन्त्री पाण्डेले दिए संघीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संघीय सरकारविरुद्ध मुद्धा हाल्ने चेतावनी दिएका छन् ।

काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक–२०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन–२०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विरोधी रहेको उनले बताए ।

विधेयकमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा र यातायातको जिम्मा संघीय सरकारलाई दिने व्यवस्था गरिएको छ । सोमबार हेटौंडामा आयोजित ‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक छलफलमा मुख्यमन्त्री पाण्डले भने, ‘संविधान विरोधी ऐन काठमाडौंमा पास गर्ने अनि यहाँ संघीयताको सवलीकरण कुरा सोध्न आउने ? प्रष्टसँग भन्न चाहन्छु–यो कुरा सिरियसली लिएर जानुस् ।’

केन्द्र सरकारको काम संविधान विरोधी भएको भन्दै उनले छिट्टै मुद्दा हाल्ने बताए छन् । ‘मैले यहीँबाट घोषणा गर्छु–बागमती प्रदेश सरकारले यो ऐनको विरुद्ध मुद्दा हालेर सर्वोच्च अदालतमा हामी लडेर देखाउँछौं,’ पाण्डेले भनेका छन् ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारलाई तत्काल हस्तान्तरण गर्नुपर्ने २९ वटा अधिकार अझै हस्तान्तरण नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि गुनासो गरे ।

  • २० भाद्र २०७९, सोमबार १६:३१ प्रकाशित