सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।
गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहाइ गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको थियो ।

  • २० भाद्र २०७९, सोमबार १७:३५ प्रकाशित