महोत्तरी ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रको सुधारविना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने बताएका छन् ।
सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको निर्माण नै शिक्षा भएको बताए ।
‘शिक्षा क्षेत्रमा सुधार नगरीकन नेपाली समाजलाई अनुशासित, सम्मृद्ध र सुसंस्कृत बनाउन सकिँदैन, नेपालको उत्पादन प्रकृयालाई समाजवादउन्मुख बनाउन सकिँदैन’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसकारण हाम्रो शिक्षालाई उत्पादनमुखी बनाउनेतर्फ ध्यान गएको छ ।’













