झापा ।
आगामी मंसिर ४ गते हुन लागेको चुनावमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् ।
क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झापा ५ का एमाले इन्चार्ज होम थापाले जानकारी दिएका छन् ।ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।













