पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरो र पाउण्डको भाउ घटेको छ ।
आज एक युरोको खरिददर १२६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३८ पैसा रहेको छ । हिजो एक युरोको खरिददर १२७ रुपैयाँ ५५ पैसा बिक्रीदर १२८ रुपैयाँ १५ पैसा थियो।
यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ १४ पैसा रहेको थियो।
डलर एकको खरिददर १२७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९८ पैसा रहेको छ ।आज एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ८९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३१ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०४ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।