एजेन्सी ।
क्यानडामा छुरा प्रहारबाट कम्तीमा १० जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।
क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । प्रहरीले घटनामा संदिग्ध रहेका ३१ वर्षीय डिमियन स्यान्डरसन र ३० वर्षीय मायद्यस स्यान्डरसनको तस्बिर सार्वजनिक गरेको छ ।
घटना उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा भएको हो । स्थानीयहरूलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।
जेम्स स्मिथ क्री नेसनमा आपत्काल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदय विदारक’ भनेका छन् ।