सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सकस : कार्यदलको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म सिफारिस गर्न सकेको छैन ।

गठबन्धनभित्रका दल आ–आफ्नै अडानमा रहँदा सिट बाँडफाँट टुंग्याउन सकस परिरहेको छ । सिटको टुंगो लगाउन सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको कार्यदल सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

आइतबार बसेको सत्ता घटकका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो । दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी खाका ल्याउन भनिए अनुसार कार्यदलको बैठक आज बस्न लागेको एक सदस्यले जानकारी दिए ।

कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव लैजाने छ । सोही सिफारिसका आधारमा शीर्ष नेताहरुले अन्तिम निर्णय गर्नेछन् ।

  • २० भाद्र २०७९, सोमबार ०९:०५ प्रकाशित