गठबन्धन चुनावसँग डराईरहेको छ : सुवास नेम्वाङ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलकै कारण मंसीर ४ गते निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नरहेको तर्क गरे ।

निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दावी गर्दै उनले त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको नेम्वाङको आरोप छ ।

  • १९ भाद्र २०७९, आईतवार १८:२७ प्रकाशित